आज: २०८२ कार्तिक ८, शनिबार | Sat, 25, Oct, 2025

पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपयाँले घट्यो

२०८२ आश्विन ३०, बिहिबार मा प्रकाशित ( १ हफ्ता अघि) १९५४ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ -३० असोज ।

नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । आज बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य दुई रुपैयाँले घटाइएको निगमले जनाएको छ । डिजेल र मट्टीतेलको मूल्य भने यथावत् रहेको उल्लेख गरिएको छ ।

पेट्रोलको मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १५८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १६० रुपैयाँ र तेस्रो वर्गका लागि १६१ रुपैयाँ तोकिएको निगमले जनाएको छ ।

यस्तै निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो र काठमाडौं, पोखरा र दीपायलका डिपोलाई तेस्रो वर्गमा राखेको निगमद्वारा जारी सुचनामा उल्लेख छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस