आज: २०८२ कार्तिक ८, शनिबार | Sat, 25, Oct, 2025

प्रधानमन्त्रीले निर्वाचन बारे ७ राजनीतिक दलहरुसँग आज छलफल गर्दै

२०८२ कार्तिक ४, मंगलबार मा प्रकाशित ( ४ दिन अघि) १०२४ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
काठमाडौं- ४ कार्तिक ।

प्रधानमन्त्री सुशीला कार्कीले विघटित प्रतिनिधिसभाका प्रतिनिधिहरु सात राजनीतिक दलसँग निर्वाचन सम्बन्धमा छलफल गर्दै हुनुहुन्छ ।।

जेनजी आन्दोलनपछी केपी शर्मा वली नेतृत्वको सरकार ढलेपछी सरकारको नेतृत्व गरिरहेकी कार्कीले फागुन २१ मा तय गरिएको आम निर्वाचनका सम्वन्धमा छलफल गर्न लाग्नु भएको हो । सोही निर्वाचनका लागी मुख्य कार्यभारसहित बनेको वर्तमान सरकारले राजनीतिक संवादको पहल गर्दै राष्ट्रिय मान्यता प्राप्त दलहरूलाई औपचारिक छलफलका लागि आमन्त्रण गरेको हो।

उक्त छलफल आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुने कार्कीका प्रेस संयोजक राम रावलले जानकारी दिए। यतिवेला सरकारले निर्वाचनको वातावरण तयार गर्न तदरुकता नदेखाएको भन्दै जेनजी आन्दोलनबाट ढलेका राजनितिक दलहरू रूष्ट बनेका छन् ।

यसै कारणले सरकारले दलहरूसँगको संवादहिनता तोड्दै छलफलमा बोलाएको हो। निर्वाचनको वातावरण निर्माणका लागि दलहरूलाई पत्राचार नै गरेपछि संसद् पुनर्स्थापनालाई बटमलाइन बनाएको दल नेकपा एमालेसमेत छलफलमा सहभागी हुने नेकपा एमाले स्रोतले जनाएको छ।

अध्यक्ष केपी शर्मा ओलीले सरकार चुनाव गराउनेतर्फ अग्रसर नै नभएको आरोप लगाएका बेला दलहरूलाई सरकारले औपचारिक रूपमै संवादका लागि बोलाएको यो पहिलो पटक हो।

एमालेका तर्फबाट महासचिव शंकर पोखरेलको नेतृत्वमा सरकारले आज बोलाएको छलफलमा सहभागी हुने बताइएको छ। सरकारले प्रत्येक दलबाट दुई जना उच्चस्तरीय प्रतिनिधित्व गराउन अनुरोध गर्दै पत्राचार गरेको छ। दलहरूले सरकारले पठाएको पत्र प्राप्त गरिसकेका छन्।

देशको ठुलो दल नेपाली कांग्रेसले भने सरकारको यस कदमलाई स्वागतयोग्य भन्दै महामन्त्री गगन थापासहित छलफलमा जाने बताएको छ। महामन्त्री थापाले सरकारले बोलाएको छलफलमा कांग्रेस सहभागी हुने बताउनु भयो । छलफलमा शान्ति सुरक्षाको विषयलाई महत्वका साथ उठाउने थापाको भनाइ छ।

सरकार चुनाव उन्मुख नरहेको आरोप लगाउँदै आएको नेकपा माओवादी केन्द्र पनि चुनावमा जान पहिले नै तयार देखिएकाले निर्वाचनमा जाने भएको छ। दलहरू बेगर चुनाव हुन नसक्ने अवस्था देखिएकोले सरकारले संवादको पहल गरेकोमा सरकारको यस कार्यलाई सकारात्मक रुपमा हेरिएको छ।

सरकारका गतिविधिमा आशंका रहे पनि छलफलमा सहभागी हुने नेता देव गुरूङले बताए।

चौथो दलको रुपमा रहेको रास्वपाले सरकारले ढिलै भए पनि संवाद सुरू गरेको भन्दै पार्टी उपसभापति स्वर्णीम वाग्ले छलफलमा सहभागी हुने बताएको छ। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीबाट दुईजना सहभागी हुने भनाई छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस