आज: २०८२ कार्तिक ८, शनिबार | Sat, 25, Oct, 2025

आन्दोलनका घाइतेसँग प्रधानमन्त्रीको छलफल,भ्रष्टाचारीलाई कारबाही नभए अर्को आन्दोलन गर्ने

२०८२ कार्तिक ४, मंगलबार मा प्रकाशित ( ४ दिन अघि) २०१६ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौँ -४ कार्तिक ।

प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलका घाइतेहरूसँग बालुवाटारमा छलफल गर्नु भएको छ। आज बिहान साढे १० बजेदेखी भएको छलफल चार घण्टासम्म चलेको थियो । जेनजी आन्दोलनका घाइते भएका रुपिन खड्काको नेतृत्वमा १८ जनाको समूहले प्रधानमन्त्रीसँग छलफल गरेका हुन् ।।

छलफलका क्रममा आन्दोलनका घाइतेहरूले भ्रष्टाचारी र दमनकारीविरुद्ध कठोर ढंगले प्रस्तुत हुन सुझाव दिएका छन्। भ्रष्टाचारीमाथि कारबाही नभए सडकमा उत्रिएर जेनजीले पुनः अर्को आन्दोलन गर्ने चेतावनी पनि दिएका छन्।

छलफलका क्रममा प्रधानमन्त्री कार्कीले सरकार आन्दोलनको मर्मभन्दा बाहिर नजाने साथै प्रक्रिया गत ढंगले कानुनी रूपमा तल नपर्ने गरी काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ । उहाँले जेनजी आन्दोलनले दिएको जनादेश अनुसार चल्ने र सरकारले तोकेको समयमा नै निर्वाचन सम्पन्न हुने बताउनु भएको छ।

साथै, प्रधानमन्त्री कार्कीले भ्रष्टाचारको अनुसन्धान पनि हुने भन्दै राज्यका स्थापित निकायहरूले तीव्र गतिमा भ्रष्टाचारको छानबिन गरिरहेको जानकारी दिनु भयो ।

यस्तै छलफलमा सहभागी सञ्चारमन्त्री जगदीश खरेलले आन्दोलनपछि यसअघिको सरकार र प्रतिनिधिसभा विस्थापित भए पनि पुरानै संरचना कायमै रहेकाले काम गर्न असहज भइरहेको बताउनु भयो। गृहमन्त्री ओम प्रकाश अर्यालले भ्रष्टाचार र आन्दोलनमा भएको दमन बारे छानबिनमा भएको कार्य प्रगतीको घाइतेहरूलाई जानकारी गराएका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस