आज: २०८२ कार्तिक ८, शनिबार | Sat, 25, Oct, 2025

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई गोरुको पूजा गरिँदै

२०८२ कार्तिक ५, बुधबार मा प्रकाशित ( ३ दिन अघि) १४२७ पटक पढिएको
नारी बाटिका


बिवियु, नारी वाटिका संवाददाता

धादिङ- ५ कार्तिक ।

कार्तिक शुक्ल प्रतिपदा एवं आज यमपञ्चक अर्थात् तिहारको चौथो दिन गाई गोरुको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ।

हिन्दु धर्ममा गाईलाई राष्ट्ीय जनावर मात्रै नभई पशुपन्छी ाध्यमा पवित्र मानी पूजा आजा गर्ने वैदिक सनातन कालदेखिको रिति हो। गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाताको रुपमा सम्मान गरिन्छ।

तर स्थानीय जातका गाईको यसरी पुजा गरी सम्मानका साथ गौमाताको रुपमा गोबर,गहुँतलाई हरेक देव र पृतृ दुबै कार्यमा नभई नहुने विधान छ । तर विकासे(जर्सी)गाईको तेती धेरै पुजा गरेको पाईदैन । तथापी भने गाईको रुपमा सम्मान गर्ने प्रचलन छ ।

अर्को तर्फ स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व विशेष छ भन्नेमा विज्ञानले पनि प्रमाणित गरेको छ। गाईको पूजा गरी आजका दिन गौमातालाई मन पर्ने चामलको पिठोको साथमा विभिन्न प्रशादीहरु बनाई मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास छ।

समुदाय अनुसार कतिपय भागमा कार्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहेपनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेकोले आज कै दिनमा गाई पुजा गर्नु पर्ने धर्मशास्त्रविद् को भनाई छ ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीले गर्ने प्रत्येक कर्ममा पुजा गरी गाईदान गर्ने मान्यता छ। पछिल्लो समय गाईको अभावमा पैसा राखेर गाईको अभावमा भनी सङ्कल्प पढिन्छ। गाईलाई गौमाताका रुपमा सम्मान गर्ने भएकोले राष्ट्रिय जनावरका रुपमा राखिएको हो।

परापुर्खा कालदेखी आज गाई पूजा गरी साउन शुक्ल अर्थात जनै पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास रहेको छ।

यसैगरी किसानले वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठा खानेकुरा खान दिने प्रचलन छ। गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रुपमा पूजा गर्ने परम्परा छ। साथै वर्षभर गोरु जोत्ने हलि एवं अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मिष्ठान्न परिकार खुवाइन्छ।

यसैले आजको दिनलाई हलि तिहार पनि भन्ने गरिएको हो

गोवर्द्धन पूजा गर्दा आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ। द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो।

कार्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ। गोवर्द्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने विधि रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस