आज: २०८२ कार्तिक ८, शनिबार | Sat, 25, Oct, 2025

जेनजी र दलहरूलाई एकसाथ बैठक बस्न प्रधानमन्त्रीको प्रस्ताव

२०८२ कार्तिक ५, बुधबार मा प्रकाशित ( ३ दिन अघि) १४८९ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौँ -५ कार्तिक ।

प्रधानमन्त्री सुशीला कार्कीले राजनितिक दलहरूलाई जेनजीसँगै सयुक्त रुपमा बैठक बस्ने प्रस्ताव गर्नु भएको छ । मंगलबार बालुवाटारमा भएको दलहरूसँगको बैठकमा प्रधानमन्त्री कार्कीले यस्तो प्रस्ताव गर्नु भएको हो।

बैठकमा दलहरूले आगमी फागुन २१को निर्वाचनका बारेमा राखेका चासोपछि जवाफ दिँदै प्रधानमन्त्री कार्कीले ‘राष्ट्रपतिबाट संवादको ढोका खोल्ने काम भएको छ‚ अब जेनजी र दलहरू सँगै सयुक्त बैठक बसौँ।’

साथै प्रधानमन्त्री कार्कीले सरकार तोकिएकै समयमा भयरहित वातावरणमा चुनाव गराउन सरकार कटिबद्ध छ’‚ उहाँको भनाई छ, ‘ यसैका लागि अहोरात्र खटिएर मन्त्रीहरू, सुरक्षा निकायलगायत हामी काम गरिरहेका छौँ।’

छलफलका क्रममा प्रधानमन्त्री कार्कीसँग दलहरूले संवादमा ढिलाइ किन भन्ने प्रश्नको जवाफमा प्रधानमन्त्रीले जेनजी घाइतेहरूको उपचार र शहीदका शव व्यवस्थापन तथा परिवारका लागि राहत जुटाउँदा समय लागेको बताउनु भएको थियो।

‘यसबीचमा घाइतेहरूको उपचार, शहीदका शव व्यवस्थापन र परिवारका लागि राहत, आन्दोलनकारी पक्षका आवाजको सुनुवाइ गर्नुपर्ने भयो। त्यसमा समय लाग्यो। सुरुवाती अवस्थामा जेनजी युवाहरूले दलहरूसँग संवाद गर्न नै चाहनुभएको थिएन।’

प्रधानमन्त्री कार्कीले चुनाव सफल बनाउन र दलहरूको चासो सम्बोधन गर्न सरकार तयार रहेको बताउनु भयो । ‘ जसरी हुन्छ, स्थिति सामान्यीकरण गर्दै चुनावतिर जाऔँ। चुनाव सफल बनाउन सबैले आ आफ्नो तर्फबाट भूमिका खेलौँ,’ उहाँको भनाई थियो, ‘ सरकार यहाँहरूका चिन्ता र चासो सम्बोधन गर्न तयार छ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस