आज: २०८२ कार्तिक २८, शुक्रबार | Fri, 14, Nov, 2025

सरकारमा चार मन्त्री थपिँदै, आजै शपथ हुने

२०८२ कार्तिक ९, आईतबार मा प्रकाशित ( २ हफ्ता अघि) २२३३ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौं ९ कार्तिक ।

प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै हुनुहुन्छ।

यसै क्रममा प्रधानमन्त्री कार्कीले नेतृत्वमा सरकारमा चार जना मन्त्रीहरुको नाम टुंगो लागेको छ भने नयाँ थप चारैजना मन्त्रीहरुको शपथ ग्रहण पनि आजै हुने भएको छ । नयाँ बन्ने मन्त्रीहरुमा सुधा गौतम, गणपति लाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ता छन्।

गौतमलाई स्वास्थ्य तथा जनसंख्या, श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, सुनारलाई श्रम तथा रोजगार र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

उनीहरु चारै जनाको नाम प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति कार्यालयमा सिफारिस गरिसकेको बताइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस