आज: २०८२ कार्तिक १३, बिहिबार | Thu, 30, Oct, 2025

सरकारद्वारा राजनीतिक दल र जेन–जीको संयुक्त बैठक बस्ने तयारी

२०८२ कार्तिक १२, बुधबार मा प्रकाशित ( १ दिन अघि) १४२७ पटक पढिएको
नारी बाटिका


बिवियु -नारी वाटिका संवाददाता

धादिङ १२ कार्तिक।

पछिल्लो समयमा विकसित राजनितिक दल र जेनजी सरकारकाबिचमा अविस्वासको अवस्थालाई सम्वन्धमा विस्तार गर्न राष्ट्पति रामचन्द्र पौडेलद्वारा निकै महत्वपुर्ण भुमिका खेल्नु भएको छ ।

यसका साथै यसै वर्षको फागुन २१ मा तोकिएको निर्वाचनको वातावरण समेत तयार गर्नु पर्ने सुशिला कार्की नेतृत्वको सरकारलाई उच्च चुनौति छ । यस चुनौपुर्ण असहज परिस्थितिलाई सहज बनाउनका लागि सम्बद्ध पक्षहरू र सरकारकाबिचमा सघन रूपमा वार्ता र छलफल हुदै गैरहेको छ ।

अर्को तर्फ नेपालमा नयाँ शत्तिका रुपमा उदाएका युवा पुस्ताहरु जेनजीसंग पनि पुराना राजनीतिक दल र उनीहरुकाबिचमा टकराव भन्दापनि हातेमालो गरेर देशमा अनिष्ठ हुनबाट जोगाउनु पर्ने चुनौति अहिलेको सरकारलाई छ । सोही विसम परिस्थितिलाई बुझेर सरकारले जेन–जीसँग पुराना राजनितिक दलको सहभागी गराई वार्ता गर्ने तय गरिएको हो।

उक्त प्रयोजनका निम्ति सरकारले बुधबार त्रिपक्षीय बैठक आयोजना गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे सरकार, राजनीतिक दल र जेन–जी समूहका प्रतिनिधिका बीचमा देशको समसामुहिक र निर्वाचनका बारेमा छलफल हुनेछ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनको माहौलका लागि पहिलो पटक सरकार, राजनीतिक दल र जेन–जी युवा पुस्ताहरुबीच संयुक्त बैठक आयोजना गरिएको बताउनु भयो । मन्त्री खरेलले निर्वाचन सफल बनाउन राजनीतिक दल र सम्बद्ध पक्षहरूसँग चरणबद्ध वार्ता र छलफल भइरहेको जानकारी दिनु भयो ।

सोही प्रयोजनका लागी यसअघि कात्तिक ४ गते सरकार र राजनीतिक दलहरूबीच छलफल भएको थियो । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा भएको सर्वदलीय बैठकमा निर्वाचनको वातावरण बनाएर निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्नेगरी सबै पक्ष सकारात्मक भएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस