आज: २०८३ भाद्र २, मंगलबार | Tue, 18, Aug, 2026

रवि र छविको सहकारी ठगी मुद्दा दाङ उच्च अदालतमा आज सुनुवाइ हुने

२०८२ कार्तिक १३, बिहिबार मा प्रकाशित ( ९ महिना अघि) ९०५३ पटक पढिएको
नारी बाटिका


बिवियु, नारी वाटिका संवाददाता

धादिङ -१३ कार्तिक ।

रास्वपाका सभापति रवि लामिछानेको सहकारी ठगी तथा संगठित अपराध सम्बन्धि मुद्दाको सुनुवाई उच्च अदालत दाङ, बुटवल इजलासमा आज हुँदैछ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं् पुर्व गृह्रमन्त्री रवी लामिछाने र गोर्खा मिडियाका पूर्व संचालक छविलाल जोशीसहितको मुद्दाको सुनुवाई न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको इजलासले गर्ने तयारी छ।

सभापति लामिछाने र जोशीले फरक फरक निवेदन पेश गरेका छन्। यसअघि न्यायाधीश मिलनकुमार राई र ओमप्रकाश अर्यालको इजलासले दुवै मुद्दा एकै प्रकृतिका भएकाले संगै राख्न आदेश दिएको थियो।

लामिछानेले आफ्नो भागको बिगो अनुसारको रकम बुझाइ थुना बाहिरै रहेर मुद्दा लड्न पाउने अनुमति मागेका थिए। तर रूपन्देही जिल्ला अदालतले यो निवेदन खारेज गरिदिएपछि उनी उच्च अदालत पुगेका थिए। उनले बिगोबापत बैंक ग्यारेण्टी पनि राखि सकेका छन्

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस