आज: २०८२ मंसिर २२, सोमबार | Mon, 08, Dec, 2025

मुस्ताङमा कात्तिकको आधाआधी नवित्दै हिमपात, जनजिवन प्रभावित

२०८२ कार्तिक १४, शुक्रबार मा प्रकाशित ( १ महिना अघि) २२९५ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

मुस्ताङ -१४ कार्तिक ।

मुस्ताङमा मङ्गलबारको हिमपातपछि लगातर वर्षा र हिम्पात भइरहेको छ ।

हिमाली जिल्ला मुस्ताङको पाँचैवटै स्थानीय क्षेत्रमा बुधबार बिहानदेखि निरन्तर वर्षाको साथमा हिमपात भइरहेको छ । यसअघि पनि उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकासहित मुक्तिनाथ क्षेत्रलगायत स्थानमा भारी हिमपात भएको थियो ।

तर, तल्लो मुस्ताङ क्षत्रको घरपझोङ र थासाङ गाउँपालिका उच्चलेकमा हिमपात भए पनि हिमाली बस्तीमा हिमपात भएको थिएन । यो वर्ष भने कात्तिक महिनाको आधाआधी नवित्दै हिमपात भएको छ ।

निरन्तर वर्षा भइरहेकाले यस क्षत्रमा जनजीवन समेत प्रभावित भएको छ । हिमपातले स्कुले बालबालिकालाई समस्या भएको छ । धेरैजसो विद्यार्थी घरबाटै विद्यालय आउजाउ गर्ने भएकाले असर पुर्‍याएको स्थानीय विद्यालयहरुले बताएका छन्।

मुक्तिनाथ क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ । ुवर्षाका कारण रानीपौवा बसपार्कदेखि मुक्तिनाथको तल्लो प्रवेशद्वारसम्मको बाटो हिलाम्मे भएको छ । हिमपात र वर्षा भइरहे पनि भक्तजनका लागि मुक्तिनाथ मन्दिर खुल्लै राखिएको छ ।

मुक्तिनाथ दर्शन गर्न जाने अशक्त भक्तजनलाई मन्दिर पुगेर दर्शन गरी फर्किन सकस भइरहेको मुक्तिनाथस्थित जनप्रिय युवा क्लबका अध्यक्ष कैसाङ ठोक्या ठकुरीले बताए । मुक्तिनाथ बसपार्कदेखि घोडा र डोलीमा चढाएर मुक्तिनाथ आउजाउ गर्ने कार्य प्रभावित बनेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस