
नारी बाटिका
बिवियु ,नारी वाटिका संवाददाता
धादिङ-१९ कार्तिक ।
गत आम निर्वाचनअघि नेकपा एमालेबाट फुटेर माधवकुमार नेपालको नेतृत्वको छुट्टै समुह बनाई गएकी नेतृ रामकुमारी झाँक्री र किसान श्रेष्ठलगायतका नेताहरु फुरी एमाले मै फर्कने भएका छन् ।
उनीहरुसंगै समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल पनि नेकपा एमाले अध्यक्ष केपी शर्मा वलीसंग सम्वादमा रहेको स्रोतले जनाएको छ ।
नेतृ रामकुमारी झाँक्री र किसान श्रेष्ठ आज पत्रकार सम्मेलन गरी एमालेमा फर्किने घोषणा गर्ने किसान श्रेष्ठद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। श्रेष्ठले एमालेमा फर्किने तयारीका लागि पत्रकार सम्मेलन गर्न लागिएको बताए। उनीहरूको समूहले भोलि बसेरा होटलमा पत्रकार सम्मेलन आयोजना गर्ने भएका छन्।
झाँक्रीको भनाई अनुसार ‘विकास र समृद्धिको मार्गमा अगाडि बढ्न लिने बाटो कस्तो हुन्छ ? भन्ने सन्दर्भमा विचार विमर्श गर्न, नेकपा (एकीकृत समाजवादी) मा आबद्ध क्रान्तिकारी साथीहरूले पत्रकार सम्मेलनको आयोजना गरेका छौँ।’
झाँक्रीले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्दै राष्ट्रियता, प्रजातन्त्र, सामाजिक न्याय, विकास र समृद्धिको दिशामा अघि बढ्न, सैद्धान्तिक र वैचारिक दृष्टिकोण मिल्ने राजनीतिक शक्तिहरू एक ठाउँमा आउन आवश्यक रहेको बताएकी छिन्। त्यसका लागि आफूहरू लामो समयदेखि निरन्तर यो अभियानमा संघर्ष गर्दै दाबी गरेकी छिन्।








प्रतिक्रिया दिनुहोस