
बिवियु,नारी वाटिका संवाददाता
धादिङ २६ कार्तिक।
भीम रावलको मातृभूमी जागरण पार्टी पनि नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन् । बुधबार मातृभूमी जागरण पार्टी र नेपाली कम्युनिस्ट पार्टी बीचमा ७ बुँदे सहमति भएको हो। आज पेरिसडँडामा आयोजित एक कार्यक्रमबीच सहमति पत्रमा उनीहरुबिचमा हस्ताक्षर सम्पन्न भएको छ।
सहमति पत्रमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र रावलले हस्ताक्षर गरी समाहित भएका हुन्। नेपाली कम्युनिष्ट पार्टी र मातृभूमि जागरण अभियानका नेताहरु माधवकुमार नेपाल र भिम रावलको बिचमा पहिले पनि राम्रै मेलमिलाप थियो ।
उनीहरुले देशभक्ति तथा समाजवादको आदर्श युक्त सशक्त र सुदृढ पार्टी निर्माण गर्न ७ वटा बुदाँहरुमा लिखित सहमतिका साथ संगठनात्मक एकीकरणमा सहमत भएको बतार्एका छन् ।












प्रतिक्रिया दिनुहोस