आज: २०८२ मंसिर ७, आईतबार | Sun, 23, Nov, 2025

नेपाली काँग्रेस धादिङ क्षेत्रिय कार्य समितिद्वारा आयोजित छलफल कार्यक्रम

२०८२ कार्तिक २९, शनिबार मा प्रकाशित ( १ हफ्ता अघि) ३६२८ पटक पढिएको
नारी बाटिका


भगवती उप्रेती,नारी वाटिका संवाददाता

धादिङ -२९ कार्तिक।

नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्रिय कार्यसििमति क्षेत्र न.ं २ धादिङको आयोजनामा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार पार्टी कार्यलय धादिङवेशीमा आयोजित छलफल बैठकमा प्रतिनिधि सभा क्षेत्रिय अध्यक्ष राकेश धमलाले प्रस्तुत गर्नु भएको आगमी महाधिवेशनबाट स्थानीय तहदेखी

केन्द्रसम्मको जेनजीको भावना अनुसार नेतृत्व परिवर्तन महाधिवेशनको एजेन्डा प्रस्तावमाथि छलफल भएको हो ।

केन्द्रीय सदस्य दिलमान पाख्रीन तामाङको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा धादिङका पार्टी सभापति एव्ं पुर्व कृर्षीमन्त्री रामनाथ अधिकारी,नेपाली काँग्रेस वागमति प्रदेश पार्टीका प्रमुख सचेतक एवं सांसद गोविन्द लम्सालको विशेष आतिथ्यता रहेको थियो ।

बैठकलाई खुल्ला गर्दै पार्टीका विभिन्न वडा,गाउँ तथा नगरपालिकाका पार्टी नेतृत्वहरु,कार्यकर्ताहरु,

पार्टीका विभिन्न भातृ संस्थाका प्रमुख तथा तथा प्रतिनिधिहरु,तरुण दल,महिला संघ,नेवि संघ, पत्रकारहरुको छलफलमा उल्लेखनीय सहभागिता रहेको थियो ।

वत्ताहरुले भदौ २३ र २४ गतेको जेनजी पुस्ताको आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम,

पार्टीको विशेष की नियमित रुपमा १५ औँ महाधिवेशन गर्ने तयारी, प्रतिनिधि सभा विघटन र फागुन २१ गतेका लागि घोषित निर्वाचनका सन्दर्भमा तिब्र रुपमा छलफल हुनुको साथै नेतृत्वहरुप्रति थुप्रै गुनासासमेत राखेका थिए ।

सहभागीहरुबाट आएका जिज्ञासा,गुनासालाई सम्वोधन गर्नु हुंदै सभापती रामनाथ अधिकारी,केन्द्रीय सदस्य दिलमान पाख्रीन तामाङ,पुर्व पार्टी सभापती रमेश धमला पार्टीका विभिन्न तहमा रहेका पदाधिकारीहरु लगायतले पार्टी नेतृत्व तहमा भएको पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस