आज: २०८२ फागुन २०, बुधबार | Wed, 04, Mar, 2026

फागुन २१ मा हुने निर्वाचनको तालिका सार्वजनिक

२०८२ मंसिर १, सोमबार मा प्रकाशित ( ३ महिना अघि) ३०७० पटक पढिएको
नारी बाटिका


बिवियु,नारी वाटिका संवाददाता
धादिङ -१ मंसिर।

निर्वाचन आयोगले राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।

माघ ११ गते हुने राष्ट्रियसभा र फागुन २१ मा हुने प्रतिनिधिसभा तर्फको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरिएको निर्वाचन आयोगमा प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनु भयो।

स्वीकृत निर्वाचन कार्य तालिका अनुसार राष्ट्रियसभा तर्फको निर्वाचन पुस १९ गते बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन हुनेछ। मतदाता नामावली उपरको दाबी विरोध तथा निवेदन उजुरीमाथि छानबिनपछी पुस २२ गते ३ बजेदेखि ४ बजेसम्म अन्तिम नामावली प्रकाशन नेछहु।

त्यसपछी प्रतिनिधिसभा तर्फको निर्वाचन माघ ६ गते उम्मेदवारको मनोनयनपत्र दर्ताको समय तोकिएको छ। माघ ७ गते उजुरीमाथि छानबिन गरी माघ ८ गते उम्मेदवारको नामावली प्रकाशन हुनेछ। माघ ९ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिन सकिने आयोगले जनाएको छ।

साथै सोही दिन ३ बजेसम्म अन्तिम नामावली सार्वजनिक हुनेछ। माघ ९ गते नै उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने आयोगका प्रवक्ता भट्टराईले जानकारी दिनु भयो।

तर समानुपातिकतर्फको निर्वाचनमा भाग लिन मंसिर २१ गते देखि २३ गतेसम्म दलहरूले निवेदन पेश गर्नु पर्नेछ। २४ गते दलहरूको नामावली प्रकाशनपछि पुस १३ र १४ गते दलहरूले उम्मेदवारको बन्दसूची पेश गर्नु पर्नेछ।

उम्मेदवारको बन्दसूची पेश भएका उम्मेदवारका सूचीका आधारमा आयोगले माघ २० गते नामावालीसहित अन्तिम सूची सार्वजनिक गर्नेछ। स्वीकृत निर्वाचन कार्यक्रम अनुसार फागुन २१ गते बिहान ७ बजेदेखि ५ बजेसम्म मतदानको कार्य हुनेछ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस