
बिवियु,नारी वाटिका संवाददाता
धादिङ ४ मंसिर।
नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्य घटाएको छ । मंगलबार बसेको संघको कार्यसमिति बैठकले अण्डाको उत्पादन र बजार अवस्थाबारे छलफल गरी बुधबारदेखि लागू हुने गरी अण्डाको मूल्य घटाएको हो ।
अण्डाको मूल्य घटेसंगै अब उपान्त ठुलो साईजको अण्डा प्रति क्रेट ४५० र मध्यम साईजको अण्डा प्रतिक्रेट ४३५ रुपयाँ पर्ने भएको छ। यसअघि ठूलो अण्डा प्रति क्रेट ५०० र मध्यम साइजको अण्डा प्रतिक्रेट ४५० रुपयाँ पर्दै आएको थियो।
संघले जनाए अनुसार अब सानो अण्डाको प्रतिपेटी मूल्य २६ सय रुपैयाँ मात्रै निर्धारण गरिएको छ।
साथै सबै भन्दा अण्डा बढी उत्पादन हुने चितवन जिल्लाबाट देशैभरको अण्डा डिपोमा पुर्याउँदा भाडा,कार्टुन र क्रेट सहितको मुख्य जोडेर प्रतिपेटी १३० रुपैयाँ थप मूल्य पर्ने बताएको छ।












प्रतिक्रिया दिनुहोस