आज: २०८२ मंसिर ७, आईतबार | Sun, 23, Nov, 2025

सेवा प्रवाह र भ्रष्टाचार नियन्त्रणमा केन्द्रित हुन प्रधानमन्त्रीको निर्देशन

२०८२ मंसिर ६, शनिबार मा प्रकाशित ( १ दिन अघि) १५८२ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता
धादिङ -६ मंसिर।

प्रधानमन्त्री सुशीला कार्कीले सचिवहरुलाई प्रभावकारी सेवा प्रवाह र भ्रष्टाचार नियन्त्रणमा केन्द्रित रहेर काम गर्न निर्देशन दिनु भएको छ।

प्रधानमन्त्री कार्कीले सबै मन्त्रालयका सचिवहरुलाई सिंहदरबारमा विशेष भेटघाट गरी आफूले सम्हालिरहेका मन्त्रालय तथा सरकारी कार्यलयहरुबाट सेवा प्रवाह मा कुनै तलमाथी नगरी काम गर्न निर्देशन दिएकी हो ।

उहाँले सचिवहरुलाई मन्त्री नभएकै कारण काममा बाधा नपरोस् भनेर अधिकार प्रत्यायोजन गरेको र अझै पनि नपुगे थप अधिकार दिन पनि तयार रहेको बताउँदै आफ्नो जिम्मेवारीको कुनैपनि कामका लागि अरुको मुख नताक्न निर्देशन दिनु भएको छ।

विगतमा देशको न्यायपालिका,कार्यपालिका,व्यवस्थापिका तथा सरकारका सम्वन्धित निकायबाट नागरिकका हितमा संविधान र कानुन अनुरुप सेवा प्रवाह हुन नसक्दा देशमा जेन(जी युवा पुस्ताले गरेका आन्दोलनको भावना अनुसार छिटो छरितो सेवा प्रवाह र भ्रष्टाचार नियन्त्रणमा गम्भीर भएर लाग्न आग्रह गर्नु थियो ।

प्रम कार्कीले भन्नु भयो, ‘हामी अस्थायी हौं। म क्षणिक हो। ब्युरोक्रेसी स्थायी सरकार हो। तपाईँहरु यही क्षेत्रमा लामो समयदेखि हुनुहुन्छ। अनुभव, दक्षता र विशेषज्ञता पनि तपाईँहरुसँग हुन्छ। मेरो दाहिने(देब्रे जे भने पनि तपाईँहरु हो।

मैले निर्देशन दिन सक्छु, सही गरेर दिन सक्छु तर त्यसको कार्यान्वयन तपाईँहरुले नै गर्ने हो। बोलेर मात्र हुँदैन। काम त तपाईँहरुले नै गर्ने हो। त्यसैले नतिजामुखी भएर काम गर्नुहोस्। काममा कुनै प्रकारको बहानाबाजी नहोस्।’

त्यस्तै प्रम कार्कीले मन्त्रीको भौतिक उपस्थिति नहुँदा रोकिएका कामहरु केही छन् भने पनि तुरुन्त अगाडि बढाउनु पर्ने उनको भनाइ थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस