आज: २०८३ बैशाख ४, शुक्रबार | Fri, 17, Apr, 2026

निर्वाचनमा भाग लिने कांग्रेसको औपचारिक निर्णय

२०८२ मंसिर ७, आईतबार मा प्रकाशित ( ४ महिना अघि) ३६२८ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धादिङ -७ मंसिर ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले निर्वाचनमा जाने औपचारिक निर्णय गरेको छ।

मुलुकमा पछिल्लो राजनीतिक संकटको निकास, संविधानको संरक्षण र जेनजीले उठाएका मागलाई संस्थागत गर्ने प्रतिवद्धतासहित निर्वाचनको विकल्प नभएको कांग्रेसले निष्कर्ष निकालेको हो।

आगमी माग र फागुन २१ मा हुन गैरहेको राष्ट्रियसभा निर्वाचन र प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय भएसंगै अब काँग्रेस चुनावको तयारीमा जुट्ने भएको छ।

पार्टी निर्वाचनमा जाने निर्णय गरेपछी उचित वातावरण निर्माण बनाउन सरकारलाई काँगे्रसले आग्रहसमेत गरेको छ। हालको अवस्थामा समाजमा भएवितको अवस्था रहेकोले आम नागरिकलाई भयरहित वातावरण बनाउन कांग्रेसले हराइरहेका हतियार र कैदीबन्दीलाई तत्काल नियन्त्रणमा लिनुपर्ने माग गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस