
नारी बाटिका
बिबियु,नारी वाटिका संवाददाता
धादिङ- १२ मंसिर ।
राष्ट्रपति रामचन्द्र पौडेलले आगामी निर्वाचनको सुरक्षा कडाईका लागि नेपाली सेना परिचालन गर्ने सरकारको प्रस्तापलाई स्वीकृति दिनु भएको छ।
राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले बिहीबार एक विज्ञप्ति जारी गर्दै आगामी फागुन २१ मा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनको सुरक्षा गर्न नेपाली सेनाको शक्ति परिचालनको लागी स्वीकृति दिइएको जानकारी गराएका हुन्।
मंसिर ८ मा बसेको मन्त्रिपरिषदको बैठकको निर्णयले सोही निर्वाचनलाई लक्षित सुरक्षार्थ नेपाली सेना परिचालनका लागि राष्ट्रपति पौडेललाई आग्रह गर्ने निर्णय भए बमोजिम बिहिबार उक्त प्रस्ताप राष्ट्रपति पौडेल समक्ष पेश गरिएको थियो।








प्रतिक्रिया दिनुहोस