
नारी बाटिका
बिबियु,नारीवाटिका संवाददाता
धादिङ -१९ मंसिर ।
नेपालमा इजाजत प्राप्त संस्था मार्फत सटही गरी अब भारु नोट चल्ने भएको छ । भारतीय केन्द्रीय बैंकले झण्डै नौ वर्षपछि नेपालमा सय रुपियाँभन्दा माथिका भारतीय नोट प्रयोग गर्न पाइने भएको हो ।
सुक्रबार भारतीय राजपत्रमा सूचना प्रकाशित गर्दै आरबी आईले विगत नौ वर्षदेखी भारतीय नोट प्रयोग गर्न नेपालमा लगाइएको प्रतिबन्ध हटाउने निर्णण गरेको हो ।
अब नेपालमा सयभन्दा माथीको भारतीय नोट प्रयोगमा लगाइएको प्रतिबन्ध हटेसँगै भारतबाट नेपाल आउने व्यक्तिले २५ हजार भारतीय पैसा लिएर आउँदा २ सय, ५ सय र १ हजार दरका नोट ल्याउन पाउने भएका छन् ।
सन् २०१६ को नोटबन्दीपछि दलालहरुको समेत संलग्न रहेको केही ५०० र १००० का नोटहरु नक्कली समेत भेटिएको थियो । विभिद कारणले पुराना नोट अवैध बनेपछि नेपालले पनि उच्च दरका नोटमा प्रतिबन्ध लगाउँदै आएको थियो ।
उक्त कारणले सीमाका बासिन्दा, पर्यटक, कामदार तथा विद्यार्थीलाई भने निकै समस्यामा पारेको थियो । आरबीआईको निर्णय कार्यान्वयन गर्न नेपाल राष्ट्र बैंकले आवश्यक कानुनी तथा नीतिगत प्रक्रिया पूरा गर्न करिब १५ दिन लाग्ने बताइएको छ ।
तर राष्ट्र बैंकले उच्च मूल्यका भारतीय नोट नेपालका स्थानीय बजारमा भने सीधै चलन चल्तीमा प्रयोग गर्न रोक्नेछ । भारतीय नोट अनिवार्य रूपमा बैंक, वित्तीय संस्था वा इजाजत प्राप्त मनिचेञ्जर मार्फत मात्रै सटही गरी प्रयोग गर्न पाइनेछ ।
साथै कुनै पनि ग्राहकले पसल, होटल वा स्थानीय बजारमा भारतीय नोट देखाएर सामान किन्न पाइने छैन ।








प्रतिक्रिया दिनुहोस