
नारी बाटिका
नारी वाटिका संवाददाता
धादिङ -२७ मंसिर। बिबियु,
नेपाली कांग्रेस धादिङले ३५ जना उम्मेदवारको नाम सिफारिस गरेको छ । आगमी फागुन २१ मा हुन गैरहेको प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचनका लागि क्षेत्रबाट जिल्लामा पेश भए अनुसारको जिल्ला कार्यसमिति धादिङले आकाँक्षी सबै उम्मेद्वारको नामावाली प्रदेश समितिमा सिफारिस गरेको हो ।
जस अनुसार संघीय निर्वाचन क्षेत्र नं १ र २ का सिफारिसका आधारमा सुक्रबार प्रदेश समितिमा नाम सिफारिस गरी पठाएको छ। कांग्रेस धादिङले
सिफारिसमा प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभातर्फ विभिन्न क्षेत्रका उम्मेदवार समावेश गरिएका छन्।
मापदण्डभन्दा बढी आकांक्षीहरुले उम्मेद्वारी दिएपछी तोकिएको संख्याभन्दा बढी नाम सिफारिस गर्न परेको एक स्रोतले बताएको छ। प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फ तथा २०८२ माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि ३५ जना उम्मेदवारको नाम प्रदेश समितिमा सिफारिस गरेको हो।
संघीय निर्वाचन क्षेत्र नं. १ र २ का कार्य समितिले गरेको सिफारिसका आधारमा सुक्रबार प्रदेश समितिमा नाम सिफारिस गरेको हो। पार्टीले बनाएको मापदण्ड अनुसार एक संघीय निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ १ महिला सहित ३, समानुपातिकतर्फ १ महिला सहित २ र राष्ट्रिय सभातर्फ ३ जनासम्म सिफारिस गर्नु पर्नेमा धादिङ क्षेत्र नं। १ बाट प्रत्यक्षतर्फ १०, समानुपातिकतर्फ ४ र राष्ट्रिय सभातर्फ ४ जनाको सिफारिस भएको छ।
त्यस्तै निर्वाचन क्षेत्र नं. २ बाट पनि प्रत्यक्षतर्फ ११, समानुपातिकतर्फ ७ र राष्ट्रिय सभातर्फ १ जनाको नाम सिफारिस गरिएको छ।








प्रतिक्रिया दिनुहोस