आज: २०८२ फागुन ७, बिहिबार | Thu, 19, Feb, 2026

आज पौषशुल्क पुर्णिमा,आजैबाट श्री स्वस्थानी ब्रत प्रारम्भ गरिँदै

२०८२ पौष १९, शनिबार मा प्रकाशित ( १ महिना अघि) ३८४५ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
धादिङ -१९ पुस । बिबियु

आज पौषशुक्ल पूर्णिमा हो । सनातनी धर्मालम्वीहरुले आजदेखि एक महिनासम्म सम्पूर्ण हिन्दूहरुले सक्नेले ब्रत बस्ने र विभिन्न कारणले ब्रत बस्न नसकेका नेपालीहरुले श्री स्वस्थानी ब्रत कथा बाचन गरिन्छ।

वर्षकै सबैभन्दा पबित्र दिनका रुपमा लिइने आजबाट घरघरमा श्री स्वस्थानी ब्रत शुरु गरी कथा बाचन गरिन्छ । साथै श्री स्वस्थानी ब्रत बस्दा धेरै कुराको फाइदा हुने गर्दछ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी ब्रत र माघ स्नान गर्ने गरिन्छ ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ’ भनी बालुवाको शिवलिङ्ग बनाई स्वस्थानीको ब्रत बस्दा मनोकांक्षा पूरा भएपछि स्वस्थानीको ब्रत प्रारम्भ भएको धार्मिक विश्वास गरिन्छ ।

यस्तै एक महिनासम्म विशेष पौराणिक कथा सुनेर ब्रत बसिने श्री स्वस्थानी देवीप्रति नेपालीहरुको विश्वास रहेको छ । श्री स्वस्थानीको ब्रत बस्नाले यस लोकमा सुख, समृद्धि प्राप्त भई मृत्युपछि कैलाश पर्वतमा वास हुने धार्मिक विश्वास गरिन्छ ।

श्री स्वस्थानी ब्रतकथामा विशेष महिमा बोकेको मुख्य शालीनदी नेपालको राजधानी उपत्यकाबाट करिब चार कोस पूर्व शालीनदीमा महिनाभर विशेष मेला लाग्ने गर्दछ । कतिपय ब्रतालुले एक महिनासम्म त्यहींँ बसेर शुद्ध भई विशेष विधिपूर्वक श्री स्वस्थानी माताको ब्रत बस्ने गर्दछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस