
नारी बाटिका
नारी वाटिका संवाददाता
धादिङ -२४ पुस । बिबियु
पछिल्लो समयमा सुनको मुल्यले आकाश छुन खोजिरहेको बेला आज नेपाली बजारमा तोलामा २ हजारले मुल्य घटेको छ । त्यस्तै चाँदीको भाउ पनि घटेको छ।
आज सुन तोलामा दुई हजार रुपैयाँले मुल्य घटेर प्रतितोला सुनको मूल्य २ लाख ६५ हजार ७०० रुपैयाँ कायम भएको हो।
बुधबार सुन प्रतितोला २ लाख ६७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । आज (बिहीबार) चाँदीको मुल्य पनि प्रतितोला ४ हजार ८३५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसको एक दिनअघि चाँदी प्रतितोला ४ हजार ९३५ रुपैयाँमा खरिदबिक्री भएको थियो । जुन हालसम्म कै उच्च मूल्य हो। अन्तर्राष्ट्रिय बजारमा तेल तथा डलरको भाउ घटबड भएको आधारमा नेपाली बजारमा सुनको मूल्य निर्धारण हुने गरेको छ।








प्रतिक्रिया दिनुहोस