
नारी वाटिका संवाददाता
धादिङ -२६ पुस । बिबियु
नेपाल राष्ट्र बैंकले अबदेखी चेकमार्फत बैंकबाट निकाल्न पाइने नगदको सीमा ५ लाख रुपैयाँमा मात्रै सीमित बनाएको छ । राष्ट्रबैंकले अब उप्रान्त ५ लाखभन्दा बढीको चेक साटेर नगद रकम निकाल्न नपाइने बनाएको हो ।
राष्ट ्रबैकले ५ लाखभन्दा माथिको चेक साट्नु परेमा अनिवार्य रूपमा एकाउन्ट पेयी हुनु पर्ने प्रावधान बनाएको छ । बैंक तथा वित्तीय संस्थाले पनि ५ लाख रुपैयाँ वा सोभन्दा बढी रकम नगद नदिई सम्बन्धित व्यक्तिको खातामै जम्मा गर्नु पर्ने व्यवस्था गरिएको छ ।
राष्ट्र बैंकद्वारा जारी गरिएको यो व्यवस्थाले सम्पत्ति शुद्धीकरणमा न्यूनीकरण गर्न सहयोग पुग्ने बैंकले जनाएको छ












प्रतिक्रिया दिनुहोस