आज: २०८३ भाद्र १, सोमबार | Mon, 17, Aug, 2026

यथास्थितिमा स्वास्थ्य बीमा कार्यक्रम चल्न नसक्ने स्वास्थ्यमन्त्रीद्वरा स्पष्ट

२०८२ माघ २१, बुधबार मा प्रकाशित ( ६ महिना अघि) ३८१४ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धादिङ -२१ माघ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले यथास्थितिमा स्वास्थ्य बीमाको कार्यलाई निरन्तरता दिन नसकिने स्पष्ट पार्नु भएको छ।

आज आयोजित स्वास्थ्य बीमासम्बन्धी छलफल कार्यक्रममा जानकारी दिनु हुदै मन्त्री डा.गौतमले स्वास्थ्य बीमालाई सहज रुपमा अघि बढाउनका लागि आफूले सुधारका कार्यक्रम अघि सारेको तर त्यसमा सरोकारवाला मन्त्रालयले साथ नदिएको गुनासो गर्नु भएको छ ।

नेपालको संविधानले नागरिकका आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क बनाउने भने अनुसार सरकारले ९८ वटा औषधि निशुल्क वितरण गर्ने व्यवस्था गरेको भएता पनि विद्यमान बीमा स्वास्थ्य कार्यक्रमको लागी बजेटको व्यवस्था नगरिँदा बीमा कार्यक्रमलाई अघि बढाउन समस्या रहेको जानकारी दिनु भएको हो।

आफूले त्यस समस्यालाई हटाउने गरी कानूनी व्यवस्था गर्न अध्यादेश ल्याउने तयारी गर्दा पनि सरोकारवाला मन्त्रालयले सहयोग नगरेको मन्त्री गौतमले स्पष्ट धारणा व्यक्त गर्नु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस