आज: २०८२ फागुन १, शुक्रबार | Fri, 13, Feb, 2026

चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्ने तयारीमा : कांग्रेस

२०८२ फागुन १, शुक्रबार मा प्रकाशित ( ३ घण्टा अघि) ६२१ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धादिङ १ फागुन ।

नेपाली कांग्रेसले आफ्नो चुनावी प्रतिज्ञपत्र सार्वजनिक गर्ने तयारी गरेको छ।

पार्टी प्रवक्ता देवराज चालिसेले शुक्रवार विज्ञप्ति जारी गर्दै आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आइतवार घोषणापत्र (प्रतिज्ञापत्र) सार्वजनिक गर्ने तयारी गरिएको बतायनु भयो।

कांग्रेसले प्रतिज्ञापत्र बनाउने कार्य अन्तिम चरणमा पुगेको प्रवक्ता चालिसेले जानकारी दिनु भयो । साथै आफ्नो पार्टीको मुख्य धारणासहितको घोषणापत्रलाई ुप्रतिज्ञापत्र नाम दिएको काँग्रेसले जनाएको छ।

निर्वाचन आयोगले आसन्न प्रतिनिधीसभा सदस्य निर्वाचनमा भाग लिएका सम्पुर्ण राजनितिक दलहरुले फागुन ४ सम्म अनिवार्य रुपमा पार्टीको धारणासहितको घोषणापत्र सार्वजनिक गर्नै पर्ने दवाव दिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस