
नारी बाटिका
नारी वाटिका संवाददाता
धादिङ – ५ फागुन ।
निर्वाचन आयोगले चुनावमा भाग लिएका उम्मेदवारलाई अनिवार्य रुपमा बैंक तथा वित्तिय संस्थामा खाता खोल्न वाध्यकारी नियम बनाएसंगै उम्मेद्वारहरुले धमाधम खाता खोल्न थालेका छन्।
आयोगले निर्वाचन खर्च बैंक तथा वित्तीय संस्थाका खाता मार्फत गर्नु पर्ने बाध्यकारी व्यवस्था गरेपछि राजनीतिक दल र उम्मेदवारहरुले चुनावमा खर्च गर्न छुट्टै खाता खोल्न थालेका हुन्। सोही नियम अनुसार खाता खोल्नेको संख्या हालसम्म ६७१ जना पुगेका छन्।
आसन्न निर्वाचनमा तीन हजार ४०६ जना प्रत्यक्षतर्फका उम्मेदवारमध्ये हालसम्म बैंक खाता खोल्नेको सङ्ख्या ६७१ जना रहेको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनु भयो ।
निर्वाचनमा भाग लिने दल र उम्मेदवारले यसअघिका निर्वाचनमा चुनावी परियोजन खातामार्फत खर्च गर्नुपर्ने अनिवार्य व्यवस्था नगरिएका कारण चुनाव लडेका नेताहरुले मनपरी ढंगले खर्च गर्ने गरेका थिए । तर यस वर्षदेखि भने दल र उम्मेदवारले निर्वाचन खर्च अनिवार्य बैंक खातामार्फत गर्नुपर्ने व्यवस्था लागू गरिएको हो।
आयोगले विभिन्न आधारमा भूगोल अनुसार उम्मेदवारले २५ लाखदेखि ३३ लाखसम्म खर्च गर्न पाउने व्यवस्था गरेको छ। आर्थिक अनुशासनका लागि आयोगले यस्तो व्यवस्था गरेको जनाएको छ।








प्रतिक्रिया दिनुहोस