
नारी बाटिका
बिबियु,नारी वाटिका संवाददाता
धादिङ -५ फागुन
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)तर्फबाट धादिङ क्षेत्र नं. २ का उमेद्वार राम बहादुर भण्डारी मतदाता घेटघाटमा सक्रिय रुपमा लागिरहेका छन् ।
नेता भण्डारीले आज उनकै बसोबास रहेको त्रिपुरासुन्दरी गाउँपालिकाका विभिन्न टोल बस्तीमा गई मतदाताबिचमा भेटघाट गरी नागरिकका समस्या र गुनासाहरु सुनेर आफु संधै जनताका पक्षमा काम गर्न प्रतिबद्धता रहेको बताएका हुन् ।
यसैगरी फागुन ६ गते (भोली) उम्मेदवार भण्डारीले आफुनो निर्वाचन क्षेत्रका विभिन्न पालिका,वडास्थित गाउँबस्तीमा गई मतदातासँग भेटघाट तथा अन्तरक्रिया गर्ने तय गरिएको भण्डारीको सचिवालएले जनाएको छ ।
मतदाता भेटघाट कार्य तालिकाअनुसार कार्यक्रम बिहान ८ बजेदेखि सुरु हुने सचिवालयले जनाएको छ । निर्धारित कार्यक्रम अनुसार भोली ढलेबर, पिप्ले, रिठ्ठेपानी, भर्से पोखरी, हटिया, गैह्राथोक र डाँडाथोक, चिसापानी, भारथोक र चैनपुर लगायतका मतादातासंग भेटघाट गर्ने कार्यक्रम छ ।
साथै नेता भण्डारी तथा नेकपा पार्टीले मतदातासँग प्रत्यक्ष भेटघाट गरी आफ्ना एजेण्डा प्रस्तुत गर्ने तथा स्थानीय सरोकारका विषयमा छलफल गर्ने जनाएको छ ।








प्रतिक्रिया दिनुहोस