
नारी बाटिका
बिबियु,नारी वाटिका संवाददाता
धादिङ- २८ फागुन ।
प्रतिनिधिसभा निर्वाचन सुरक्षामा लागी भर्ना गरिएका १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरीलाई आज बिदाई गरिँदै छ ।
फागुन २१ मा सम्मनन प्रतिनिधिसभा निर्वाचनको सुरुक्षाका लागी खटिएका प्रहरीलाई प्रमाणपत्र र देशलाई आवश्यक परेको समयमा सहयोग गर्ने वाचासहित सम्मान गरि बिदाई गर्न लागिएको स्रोतले जनाएको छ ।
निर्वाचन पुर्व र निर्वाचन सम्पन्न भएको करिव १ हप्तासम्म सुरक्षामा खटिएका ४० कार्यदिनका लागि भर्ना गरिएको समय आज सकिदैछ । यस वर्ष नेपाल प्रहरी मातहत रहनेगरी १ लाख ३३ हजार ९८० र सशस्त्र प्रहरी मातहत खटिने गरी १५ हजार ११० सहित १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी परिचालन गरिएको थियो ।
साथै यस निर्वाचनमा सशस्त्र प्रहरी बल मातहतमा निर्वाचन प्रहरी भर्ना गरिएको थियो । उनीहरुको पनि आजै विदाई कार्यक्रम राखिएको छ ।








प्रतिक्रिया दिनुहोस