
बिबियु,नारी वाटिका संवाददाता
धादिङ- ३१ फागुन ।
गोरखाको मनकामनाको दर्शन गरेर फर्किँदै गरेको ईभी माइक्रो दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ ।
शनिबार गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा बागमती प्रदेश ००६ ख ८४३० नम्बरको ईभी माइ बस सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। उक्त माइक्रो बसमा १४ जना सवार थिए।
प्रहरीले जनाए अनुसार दुर्घटना स्थलमै ६ जनाको मृत्यु भएको छ भने अर्का एक जनाको उपचारको क्रममा मृत्यु भएको हो । साथै अन्य ७ जनाको उद्धार गरी उपचारको लागी अस्पताल पठाइएको छ।
शनिबार राति करिव ८ बजेतिर माइक्रो दुर्घटना भएको थियो भने घाईतेका लागी प्रहरी र स्थानीयवासी घटनास्थलबाट उद्धार गरि अस्पताल लगिएको थियो । दुर्घटनाबारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।












प्रतिक्रिया दिनुहोस