
नारी बाटिका

बिबियु, नारी वाटिका संवाददाता
धादिङ- १ चैत ।
नारी विकास सहकारी संस्थाको आयोजनामा अन्तर जिल्ला अवलोकन भ्रमण सम्पन्न गरेको छ ।
विभिन्न जिल्लाका भएका प्राकृतिक तथा स्थानीय स्रोतको अवलोकन गरी सहकारीका संन्चालक तथा विभिन्न उपसमितीका पदाधिकारीहरु,संस्थाका कर्मचारीहरुको सिप र क्षेमताको विकास गरी सहकारी र समुहको व्यवशायमा सहयोग पुर्याउने उदेस्यसहित अवलोकन भ्रमणको आयोजना गरिएको हो । 
नारी जागरण केन्द्रको सहयोगमा आयोजित उक्त अवलोकन भ्रमणमा सहकारीका सन्चालक तथा उपसमितिका पदाधिकारीहरु,कर्मचारीहरु,सल्लाहकारको सहभागिता रहेको थियो । 
त्यसैगरी अवलोकन भ्रमणमा नारी जागरण केन्द्रका पदाधिकारीहरु,कर्मचारीहरु,समुह र सहकारीमा आवद्ध रहेका सदस्यहरुका लागी गोरखा जिल्लामा पर्ने २०७२ साल वैशाख १२ गते शक्तिशाली महाँ भुकम्पले ध्स्त भई पुनर्र जिवित तथा निर्माण भएको वार्पाकस्थित गाउँको अवलोकन गराएको थियो।
भ्रमणका क्रममा प्राकृतिक रुपमा एकदमै विगट रहेको गोरखा जिल्लाका विधिन्न गाउँका वासिन्दाको आय आर्जन तथा जिविको पार्जनका बारेमा समेत अवलोकन गराईएको थियो 
नारी विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना र नारी जागरण केन्द्रको व्यवस्थापनमा कार्यक्रम सम्पन्न कार्यक्रममा धादिङवेशीबाट करिव १९ सय किलोमिटर उचाईँमा रहेको वार्पाक गाउँको अवलोकन गरिएको हो । 
सहकारीले आफ्ना सदस्यहरुलाई केन्द्रको आयोजनामा संन्चालित व्यवशायिक सचेतना,महिला सशक्तिकरण,सीप विकास र तनाव व्यवस्थापन तालिममा समुह तथा सहकारीका सदस्यहरुलाई सहभागी गराइएको थियो । 
सदस्यहरुको आर्थिक उपार्जन तथा पछिल्लो समयमा बढ्दै गएको मानिसहरुमा मानसिक तनावको व्यवस्थापन र समयलाई कसरी सदुपयोग गरी आय आर्जनको क्षेत्रमा लगाउनु सकिन्छ भन्ने तर्फ प्रोत्साहनको क्षेत्रमा पनि उत्तिकै सक्रियता पुर्वक काम गर्दै आएको छ । 
अवलोकन भ्रमणमा नारी जागरण केन्द्र तथा नारी विकास सहकारी संस्थाका ४४ जनाको सहभागिता रहेको थियो । 








प्रतिक्रिया दिनुहोस