आज: २०८२ चैत्र ४, बुधबार | Wed, 18, Mar, 2026

सहकारी संस्थाको विनियम संशोधन सम्वन्धित “क्षमता विकास तालिम”

२०८२ चैत्र ४, बुधबार मा प्रकाशित ( २ घण्टा अघि) १३६५ पटक पढिएको
नारी बाटिका



बिबियु,नारी वाटिका संवाददाता
धादिङ- ४ चैत ।

धादिङको निलकण्ठ नगरपालिकाको आयोजनामा सहकारी संस्थाको विनियम संशोधन सम्वन्धित “क्षमता विकास तालिम” सम्पन्न भएको छ ।

सरकारले २०४८ सालयता सहकारी ऐन संशोधन गरी सहकारी संस्था सन्चालनको लागी कानुन समेत परिमार्जन गरेसंगै स्थानीय तहमा संन्चालित विभिन्न प्रकारका सहकारी संस्थाहरु पनि संशोधन हुन क्षमता विकास गराइएको हो ।

नगर प्रमुख मेयर भिमप्रशाद ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर दिपक विश्वकर्मा,निमित्त प्रशासकीय अधिकृत विष्णु रिजाल लगायतको उपस्थििति रहेको थियो ।

कार्यक्रममा बोल्नु हुंदै मेयर ढुंगानाले स्थानीय तह निलकण्ठ नगरपालिकाले सहकारी संस्था संन्चालन सम्वन्धि ऐन संशोधन गरी कानुन समेत निर्माण गरेकोले नगरपालिकाको मातहतमा रहेका सहकारी संस्थाहरुलाई अनिवार्य रुपमा सोही अनुसार संन्चालन हुन आवाश्यक रहेको बताउनु भयो ।

तालिममा सहकारी प्रशिक्षक नविन मैनालीले सुशासनयुक्त र व्यावसायिक सहकारी संस्था सञ्चालन गर्न सहयोग पु¥याउने उद्देश्यका साथ यस तालिम सञ्चालन भएको बताउनु भयो।

प्रशिक्षणको क्रममा सहकारी क्षेत्रको विकास र प्रवर्द्धन गरि यस क्षेत्रको सशक्तीकरण, जोखिम व्यवस्थापन, संस्थागत सुशासन, सहकारी ऐन, नियम, सिद्धान्त, अनुगमन प्रणाली, संस्थाको छवि निर्माणमा संन्चालकको भूमिकाको बारेमा विशेष जोड गरिएको थियो ।

स्थानीय तहले मातहतका सहकारी संस्थाहरुलाई क्षमता विकास गराउँदै पारदर्शी रुपमा संन्चालन गर्न प्रोत्साहन गरे संगै गलत कार्य र सहकारी सिद्धान्त र कानुन विपरित चल्ने सहकारीहरुलाई खारिजी समेत गरिएकोले यस प्रकारको नगरपालिकाको भुमिका महत्वपुर्ण रहने भएकाले यस तालिम उपयुक्त देखिएको छ ।

यद्यपि सहकारी संस्थाहरु सहकारी ऐन, नियम, नियमावली तथा मापदण्ड अनुसार चल्नु पर्ने भएकाले सहकारी संन्चालन सम्वन्धि संघीय सरकार,प्रदेश सरकार र स्थानीय तहको आ आफ्नै ऐन,कानुन निर्माण भएको पाईन्छ । यति मात्रै नभएर देशका विभिन्न नगर तथा गाउँपलिकाहरुले आ आफ्नै ढंगले कानुन बनाएका छन् । जसका कारण देशभरका सहकारी संस्था सन्चालन र व्यवस्थापनमा अप्ठ्यारो परेको अवस्था छ ।

साथै मुलुकमा सरकार परिवर्तन हुन साथै सहकारी ऐन र कानुन पनि परिवर्तन हुने गरेको अवस्था छ । जसले गर्दा समय सापेक्ष भन्दापनि राजनितिक सम्रचना परिवर्तन भएसंगै सहकारी संस्थाको विनियम संशोधन,परिमार्जन गर्नु पर्ने वाध्यकारी व्यवस्था गर्नुले सुशासित नितिगत रुपमा सहकारी संस्थाहरु व्यवस्थापन गर्न असहज हुने अवस्था रहेको छ ।

कार्यक्रम सञ्चालन नगरपालिकाका सहकारी शाखा प्रमुख उर्मिला थपलीयाले संन्चालन गर्नु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस