
नारी बाटिका
बिबियु, नारी वाटिका संवाददाता
धादिङ- १० चैत ।
सरकारले सवारीसाधनको प्रयोगमा जोरबिजोर प्रणाली लागु गर्नको लागी छलफल थालेको छ।
पश्चिम एसियाली मुलुकहरुमा द्वन्द्व चर्किँदै गएकोले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा अत्याधिक रुपमा बृद्धी भएसंगै नेपालमा पेट्रोलियम पदार्थको खपत घटाउन सवारीसाधनमा जोरबिजोर प्रणाली लागु गर्ने गृहकार्य गरिएको हो।
इन्धन खपत कम गर्न उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक सवारीसाधन जोरबिजोर नम्बरका आधारमा यातायात सञ्चालन गर्ने विषयमा छलफल थालेको जनाएको छ । यातायात व्यवस्था विभागले पनि यस विषयमा यातायात व्यवसायीसँग छलफल थालेको जनाएको छ।
युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेर प्रतिब्यारेल १०२ अमेरिकी डलर पुगेको अवस्था छ। अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्दा त्यसको पत्यक्ष प्रभाव नेपाली बजारमा पर्ने गरेको छ ।
इन्डियन आयल कर्पोरेसन आइओसीको गत सातको मूल्य अनुसार पेट्रोल लिटरमा ३१, डिजेल ५४ रुपियाँ र खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर २१६ रुपियाँले मूल्य वृद्धी भएर आएको थियो।
सोही अनुसार नेपाल आयल निगमले पेट्रोलमा १५ र डिजेल र मटितेलमा प्रतिलिटर १० रुपियाँ मूल्य बढाएको थियो । मूल्य धेरै बढेकोले निगमले मूल्य स्थिरीकरण कोषबाट व्यवस्थापन गर्ने गरी कम मूल्य घटाएको थियो।
सवारीसाधन जोरबिजोर नम्बरका आधारमा सञ्चालन गर्न छलफल भए पनि कहिलेदेखि लागु गर्ने भन्ने निर्णय भइनसकेको मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले बताएका छन्। इन्धनको खपत कम गर्न बिजुलीको प्रयोग बढाउन उनको आग्रह छ।








प्रतिक्रिया दिनुहोस