आज: २०८२ चैत्र ११, बुधबार | Wed, 25, Mar, 2026

सहकारी ठगी मुद्दामा अब लामिछानेले कास्की अदालत धाउनु नपर्ने

२०८२ चैत्र ११, बुधबार मा प्रकाशित ( २ घण्टा अघि) ९०० पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता
धादिङ -११ चैत ।
रास्वपाका सभापति रवि लामिछानेलाई पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणको मुद्दामा अब कास्की अदालत धाउनु नपर्ने भएको छ । मंगलबार कास्की जिल्ला अदालतका न्यायाधीश श्यामप्रसाद श्रेष्ठको एकल इजलासले लामिछानेले दर्ता गराएको निवेदनमाथि सुनुवाइ गर्दै उक्त आदेश जारी गरेको हो।

यसै आइतबार सभापति लामिछानेले अदालतमा ‘तारेखमा नबस्ने अनुमति पाऊँ’ भनी निवेदन दर्ता गराएका थिए। यसअघि उनलाई प्रत्यक महिनामा एकपटक अदालतमा हाँजीरी हुनैपर्ने वाध्यता थियो । कास्की अदालतको यो आदेशपछी अब लामिछानेलाई तारेख लिन कास्की धाउनु नपर्ने भएको छ।

कास्की अदालतका सूचना अधिकारी रामबहादुर किसानले अब लामिछानेले हरेक महिना जिल्ला अदालत कास्कीको तारिखमा धाउनु नपर्ने आदेश भएको जानकारी दिए।

यद्यपि कास्की अदालतले खोजेको वेलामा उपस्थित हुने छु भनेर कागज भने गर्नु पर्ने सुचना अधिकारी किसानको भनाइ छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस