आज: २०८२ चैत्र १३, शुक्रबार | Fri, 27, Mar, 2026

मन्त्रिपरिषद्को पहिलो बैठकले जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

२०८२ चैत्र १३, शुक्रबार मा प्रकाशित ( ३ घण्टा अघि) १३३४ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धादिङ -१३ चैत।

बालेन नेतृत्वको नवगठित सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले गत भदौ २३ र २४ को घटनाको सम्वन्धमा जाँचबुझ आयोगले पेश गरेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

यसै बैठकले शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई सरकारको प्रवक्तामा तोक्ने निर्णय गरेको छ ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजत्वमा तयार गरिएको जाँचबुझ प्रतिवेदनले कारबाहीका लागि सिफारिस गरेका मध्ये सुरक्षा निकायमा अर्को अध्ययन समिति गठन गरी जाँचबुझ गर्ने र बाँकी प्रतिवेदनमा उल्लेख भएका विषयमा तत्काल कार्यान्वयन गर्ने निर्णय भएको बैठकपछि सरकारका नव नियुक्त प्रवक्ता पोखरेलले जानकारी दिए ।

आयोगको प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलगायतलाई कारबाही गर्ने सिफारिस गरेको छ ।

प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाइएको उक्त प्रतिवेदनमा सङ्घीय संसद् सचिवालयको पुस्तकालयमा अभिलेख राखी सार्वजनिक गर्ने निर्णय गरिएको छ । त्यस्तै जेनजी आन्दोलनलगायत विभिन्न आन्दोलनका साहदतलाई श्रद्धाञ्जली दिने निर्णय पनि गरेको छ ।

आज बसेको सोही बैठकले शासकीय सुधारका योजना स्वीकृत गरेको छ । नवनियुक्त प्रधानमन्त्री वालेन्द्र शाहले सिंहदबारमा पदभार ग्रहणपछी मन्त्री र सचिवहरूलाई निर्देशन दिनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस