
नारी बाटिका
बिबियु,नारी वाटिका संवाददाता
धादिड॰- १७ चैत ।
धादिड जिल्लाको धुनीवेशी नगरपालिकास्थितमा पर्ने बहुप्रतीक्षित नागढुंगा–सिस्नेखोला सुरुङमार्गको सञ्चालन, र व्यवस्थापन गर्ने जिम्मेवारी चिनियाँ ठेकेदार कम्पनी चयन गरिएको छ।
नेपालको राजधानी प्रवेश गर्ने मुख्य द्वारको रुपमा रहेको सुरुङमार्ग आयोजनाको कार्यालयले चिनियाँ र नेपाली कम्पनीको संयुक्त उपक्रम ‘युसिन–एआरटी जेभी’लाई उल्लेखित कार्य गर्ने जिम्मेवारी दिने निर्णय गरेको हो ।
उक्त आयोजनाले जारी गरेको सार्वजनिक सूचना अनुसार चिनियाँ कम्पनी चोङकिङ युसिन रोड एन्ड ब्रिज डेभलपमेन्ट र नेपाली कम्पनी एआरटी कन्स्ट्रक्सनको संयुक्त प्रस्ताव स्वीकृत गरिएको जनाएको छ। यो कम्पनीले करिब २.६५ किलोमिटर लामो सुरुङमार्ग आगामी पाँच वर्षसम्म सञ्चालन र मर्मतसम्भार गर्नेछ।
उक्त काम गर्नका लागी जेभीले करको प्रावधानसहित कुल १ अर्ब १० करोड ४० लाख ३७ हजार ८ सय रुपियाँमा ठेक्का लिएको हो । यसको सरकारी लागत अनुमान भन्दा झण्डै ४० प्रतिशतले कम मानिएको छ ।
साथै यस कम्पनीको कार्ये सम्झौता अनुसार वार्षिक औसत २२ करोड रुपियाँ खर्चमा सुरुङमार्गको सञ्चालन, प्राविधिक व्यवस्थापन तथा मर्मतसम्भारको काम सम्पन्न गरिने भएको छ।
यसअघि पनि आयोजना कार्यालयले सन् २०२५ नोभेम्बर २ मा बोलपत्र आह्वान गरेको थियो। प्राप्त प्रस्तावहरूमध्ये सबैभन्दा न्यून दर प्रस्ताव गर्ने कम्पनीलाई आशयपत्र जारी गरिएको जनाएको छ ।
छनोट भएको कम्पनीलाई सात दिनभित्र ठेक्का सम्झौता गर्न सम्पर्क गर्न आह्वान गरेको छ भने सम्झौता सम्पन्न भएपछि कम्पनीले सुरुङभित्रका उपकरण सञ्चालन, सुरक्षा व्यवस्थापन, ट्राफिक नियन्त्रण तथा नियमित मर्मत सम्भारको जिम्मेवारी सम्हाल्ने बताइएको छ ।
नेपालको लागी यस नागढुंगा–सिस्नेखोला सुरुङमार्ग देशकै पहिलो र नमुना योग्य सडक सुरुङमार्गको रुपमा लिएको छ ।
यो सुरुङमार्गको सञ्चालनपछि त्यस एरियामा दैनिक सजो यातायात जाम पर्ने समस्या हल हुने तथा काठमाडौं भित्रिने सवारीसाधनको समय पनि घट्ने, इन्धन खपतमा कमी आउने र यातायात व्यवस्थापनमा थप सहज हुने र त्यस क्षेत्रमा दुर्घघनाको समेत जोखिम हुने गरेकोले अब उप्रान्त सवारी चाप र दुर्घटनाको जोखिम समेत कम हने अपेक्षा गरिएको छ।








प्रतिक्रिया दिनुहोस