आज: २०८२ चैत्र २२, आईतबार | Sun, 05, Apr, 2026

हप्तामा दुई दिन विदा दिने सरकारको निर्णय

२०८२ चैत्र २२, आईतबार मा प्रकाशित ( ५ घण्टा अघि) १८९२ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता
धादिङ -२२ चैत ।

सरकारले यही चैत २३ गतेदेखी लागु हुने गरी सरकारी कर्मचारीहरुलाई हप्तामा दुई दिन विदा दिने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले अब उपान्त सुक्रबार पाँच बजेसम्म कार्यलय खुल्ने र प्रत्यक दिन विहान ९ बजेदेखी कार्यलय खुल्ने गरी सरकारी कर्मचारीको लागी शनिबार र आईतबार सार्वजनिक विदा दिने निर्णय गरिएको सरकारका प्रवक्ता सस्मित पोखरेलले सञ्चारकर्मीलाई  जानकारी दिए ।

प्रवक्ता पोखरेलका अनुसार आईतबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेका मुख्य निर्णयहरू बुँदागत रूपमा-

१. सरकारी कार्यालय र सबै शैक्षिक संस्थामा सातामा दुई दिन ९शनिबार र आइतबार० बिदा दिने निर्णय ९चैत २३ गतेदेखि लागू

२. डिजिटल नेपाल ट्रान्सफरमेसन परियोजनाका लागि एडीबी र विश्व बैंकबाट ९० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने

३. दिगो तथा समावेशी वित्त परियोजनाका लागि विश्व बैंकबाट ९५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने

४. सबै मन्त्रालय, आयोग र मातहत निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण ९इ७ः० गर्न पूर्व स्वीकृति दिने

५. राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले दिएको राजीनामा स्वीकृत गर्ने

६. डिजेल तथा पेट्रोलियम गाडीलाई विद्युतीय गाडीमा रूपान्तरण गर्न आवश्यक कानुनी व्यवस्था मिलाउने

७. आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेदेखि सुरु गर्ने निर्णय गरिएको जनाइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस