आज: २०८३ बैशाख १, मंगलबार | Tue, 14, Apr, 2026

प्रहरी निरीक्षक अभय लामाको ट्रकको ठक्करबाट निधन

२०८३ बैशाख १, मंगलबार मा प्रकाशित ( ७ घण्टा अघि) १८६१ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धादिङ १ वैशाख ।

ट्रकको ठक्करबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) अभय लामाको निधन भएको छ ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका लामाको उपचारका क्रममा मंगलबार आज(वैशाख ) १ गते बिहान ललितपुरस्थित बीएन्डबी अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ ।

यसअघि जिल्ला प्रहरी कार्यालय धादिङमा रहेका लामा सरुवा भएर हाल उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत थिए । आइतबार (चैत २९) डिउटी सकेर घर फर्कंदै गर्दा काठमाडौंको तारकेश्वर नगरपालिका–८ स्थित डाँडागाउँमा ट्रकको ठक्करबाट घाईते भएका थिए । लामा सवार बा.प्रा ०२–०२९ प ९४१५ नम्बरको मोटरसाइकललाई बा.प्रा. ०३–००१ख१७१५ को ट्रकले ठक्कर दिएको हो ।

मकवानपुरका ३८ वर्षीय ट्रक चालक आइतराम मोक्तान प्रहरीको नियन्त्रणमा छन् । ०७२ सालमा प्रहरी जवानमा भर्ना भएका लामाले पछि सहायक निरीक्षकमा बढुवा भएका थिए । त्यसपछि निरीक्षकको खुला प्रतिस्पर्धाबाट उनी इन्स्पेक्टर मा नाम निकाल्न सफल भएका थिए ।

रामेछापको लिखु तामाकोसी गाउँपालिका–४ स्थायी घर भएका लामाको नेपाल प्रहरी हुंदै हाल ट्राफिक प्रहरीमा कार्यरत थिए। उनको निधनप्रति नारी जागरण केन्द्र धादिङले गहिरो दुःख व्यक्त गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस