आज: २०८३ बैशाख ५, शनिबार | Sat, 18, Apr, 2026

सरकारले स्थानीय तह पुन:र्संरचनाका लागि नयाँ मापदण्ड मस्यौदा तयार गरयो

२०८३ बैशाख ५, शनिबार मा प्रकाशित ( ३ घण्टा अघि) १३०३ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धादिङ- ५ वैशाख।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको सङ्ख्या, सिमाना हेरफेर गर्ने गरी मापदण्ड मस्यौदा तयार गरेको छ नगरपालिका वर्गीकरण पुनरावलोकन गर्न नयाँ मापदण्डको प्रारम्भिक मस्यौदा तयार गरेको हो ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार तयार पारिएको मस्यौदामा जनसङ्ख्या, भूगोल, प्रशासनिक सेवाको पूर्वाधार, आर्थिक क्षमता र सांस्कृतिक पक्षलाई मुख्य आधार बनाई मस्यौदामा समावेस गरिएको छ।

यसरी संघीय मन्त्रालयले तयार गरेको उत्त मस्यौदामा प्रदेश सरकारहरूबाट सुझावको लागी तीन दिनको मात्रै समय दिएको छ। यस प्रस्ताव अनुसार सिमाना हेरफेर गर्दा स्थानीय तह एउटै जिल्ला र प्रदेशले समेटेको क्षेत्र व्यवस्था गर्नु पर्नेछ । साथै वडाहरूलाई पुराना संरचना अनुसार नटुक्रिने गरी मिलाउने भनिएको छ।

जिल्ला समन्वय समितिको नेतृत्वमा अध्ययन समिति गठन गरी समितिको सिफारिसमा गाउँ वा नगर सभाको दुई तिहाइ बहुमतले यस प्रस्ताव पारित गरी प्रदेश सरकार मार्फत संघीय सरकार समक्ष पठाउनु पर्ने व्यवस्था गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस