आज: २०८३ बैशाख ६, आईतबार | Sun, 19, Apr, 2026

कांग्रेस देउवापक्षको प्रस्ताव,१५औँ महाधिवेशन गर्न साझा संयन्त्र बनाऔँ

२०८३ बैशाख ६, आईतबार मा प्रकाशित ( ३ घण्टा अघि) ९६२ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धादिङ ६ वैशाख।

नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ महाधिवेशन सम्पन्न गर्न दुबै पक्षको सहमतिबाट पूर्ण अधिकारसहितको साझा संयन्त्र निर्माण गर्न प्रस्ताव राखेका छन्।

नेता पूर्णबहादुर खड्काको निवासमा शनिवार सम्पन्न गगनकुमार थपा नेतृत्वको नयाँ कार्यसमितिमा छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो प्रस्ताव राखेका हुन् ।

पुर्व पार्टी प्रवक्तासमेत रहेका नेता महतले पार्टीलाई एक ढिक्का बनाई सहमतिबाट साझा संयन्त्र बनाई पार्टी १५ औँ अधिवेशन गर्ने सम्पूर्ण अधिकार सोही संयन्त्रलाई दिनु पर्ने आफ्नो राय रहेको बताएका थिए।

साथै उक्त संयन्त्रको व्यवस्थापनमा सम्पन्न हुने माधिवेशनबाट चयन हुने नेतृत्वमा सबै पक्षको स्वामित्व रहने उनको भनाइ छ। गत पुसमा भएको विशेष महाधिवेशनबाट चयन भएकाहरु काँग्रेसका एउटा समूह मात्र सहभागी भएकोले उक्त कार्यसमितिले गर्ने निर्णयहरु पनि एकपक्षीय भएको धारणा व्यक्त गरे।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस