आज: २०८३ बैशाख १०, बिहिबार | Thu, 23, Apr, 2026

महान्यायाधिवक्ता डा. कँडेलविरुद्धमा तीन वटा रिट दायर

२०८३ बैशाख १०, बिहिबार मा प्रकाशित ( ४ घण्टा अघि) ५९० पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धार्दिङ -१० वैशाख।

सर्वोच्च अदालतका महान्यायाधिवक्ता डा.नारायणदत्त कँडेलको नियुक्तीको विरुद्धमा तीन वटा रिट निवेदन दायर गरिएको छ।

महान्यायाधिवक्ता डा. कँडेलको नियुक्तिविरुद्धमा बुधबार तीन वटा रिट निवेदन दर्ता भएको र उक्त विषयमा बिहीवार सुनुवाइ हुने सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिनु भयो।

महान्यायाधिवक्ता डा. कँडेललाई नियुक्ती गर्दा योग्यतालगायतका विषयलाई लिएर अधिवक्ताहरु माधव बस्नेत र दीपकराज जोशीले रिट निवेदन दायर गरेका हुन्।

कँडेलविरुद्धको रिट निवेदनमा भनिएको छ ,महान्यायाधिवक्ता जस्तो गरिमामय पदमा अयोग्य व्यक्ति नियुक्त गरेको उल्लेख गरिएको छ।

प्रधानमन्त्री वालेन्द्र शाहले गत चैत २२ गते डा. कँडेललाई महान्यायाधिवक्ताको जिम्मेवारीमा नियुक्त गर्नु भएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस