आज: २०८३ बैशाख १४, सोमबार | Mon, 27, Apr, 2026

सशस्त्र प्रहरीको महानिरीक्षकमा एआईजी नारायणदत्त पौडेल नियुक्त

२०८३ बैशाख १४, सोमबार मा प्रकाशित ( ४ घण्टा अघि) १०५५ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धार्दिङ १४ वैशाख।
सरकारले सशस्त्र प्रहरी बलको महानिरीक्षकमा नारायणदत्त पौडेललाई नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद् को बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पौडेललाई महानिरीक्षकमा नियुक्ती गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बताउनु भयो।

सशस्त्र प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागका प्रमुख रहनु भएका पौडेललाई यसै वैशाख १८ गतेपछि महानिरीक्षकको कमाण्ड सम्हाल्ने जिम्मेवारी प्रदान गरिने छ।

हाल महानिरीक्षकको जिम्मेवारीमा रहनु भएका राजु अर्यालको चार वर्षे कार्यकाल आगमी वैशाख १८ गते नै सकिने भएकोले उहाँ अनिवार्य अवकाशमा जाने भएपछि सोही स्थानमा (एआईजी) पौडेललाई महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस