
नारी बाटिका
संसदीय दलमा चयन भएसंगै ‘जनताको मन दुखाए बालेन सरकारको कडा प्रतिवाद गर्ने चेतावनी
बिबियु,नारी वाटिका संवाददाता
धार्दिङ -१४ वैशाख।
नेपाली कांग्रेसको संसदीय दलको नेतामा भीष्मराज आङदेम्बे सर्व सहमत निर्वाचित हुनु भएको छ । संसदीय दलको नेतामा चयन भएसंगै आङदेम्बेले सरकारले जनताको मन दुखाउने काम गर्ने कडा रूपमा प्रतिवाद गर्ने चेतावनी पनि दिनु भएको हो।
नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा शोमबार आयोजित पार्टी केन्द्रीय समितिको बैठकले उहाँलाई संसदीय दलको नेतामा सर्वसम्मत रुपमा चयन गरेलगत्तै उहाँले सञ्चारकर्मीहरु संग कुरा गर्दै यस्तो बताउनु भएको हो।
नेता आङदेम्बेले सरकारले राम्रो काम गरे समर्थन गर्ने र नराम्रो काम गरेर जनताको मन दुखाए कांग्रेसले प्रमुख प्रतिपक्ष दलको रुपमा कडा प्रतिवाद गर्ने चेतावनी दिनु भएको छ । साथै उहाँले लोकतन्त्रमा संसद प्रतिपक्षको हुने स्पष्ट पार्दै त्यसमा जिम्मेवार ढंगले कांग्रेसले प्रतिपक्ष दलको प्रखुख भुमिका निर्भाह गर्ने बताउनु भयो।








प्रतिक्रिया दिनुहोस