आज: २०८३ बैशाख १५, मंगलबार | Tue, 28, Apr, 2026

अब धादिङ अस्पतालबाटै ईएमआर प्रणाली सेवा थालियो

२०८३ बैशाख १५, मंगलबार मा प्रकाशित ( ३ घण्टा अघि) ९०० पटक पढिएको
नारी बाटिका


बिबियु-नारी वाटिका संवाददाता

धार्दिङ -१५ वैशाख।

धादिङ अस्पतालले अब उपान्त विद्युतीय चिकित्सा अभिलेख (ईएमआर) प्रणाली सेवा सुरु गरेको छ । शोमबार बागमती प्रदेश स्वास्थ्य मन्त्री किरण थापाद्वारा समुद्घाटन गरी यस ईएमआर प्रणालीको औपचारिक रूपमा सुरु गरिएको हो ।

उक्त कार्यक्रमको उद्घाटन समारोहलाई संवोधन गर्दै मन्त्री थापाले ईएमआर प्रणालीले अस्पताल र सेवाग्राही दुवैलाई सहज रुपमा सेवा प्रदान गर्न सहयोग पुग्ने बताउनु भएको छ । ‘अहिलेको प्रविधिमैत्री युगमा अस्पतालले दिने स्वास्थ्य सेवा डिजिटल माध्यममा अभिलेखीकरण हुँदा सेवा प्रवाह छिटो, मितव्ययी, प्रभावकारी सुशासन कायम हुने बताउनु भयो ।

उहाँले भन्नु भयो यस ईएमआर प्रणाली मार्फत अस्पतालले दिने सबै सेवालाई थप चुस्त दुरुस्त बनाउन मद्धत पुर्याउने हुंदा धार्दिङ अस्पतालले थालनी गरेको यो प्रविधिलाई आवश्यक बजेट तथा उपकरणको व्यवस्था प्रदेश सरकारले गर्नेछ,’ ।

कार्यक्रममा बागमती प्रदेश सरकारका स्वास्थ्य सचिव डाक्टर सुमित्रा गौतमले अस्पतालले सुरु गरेको यस प्रणालीले नागरिकमा थप सेवा र अस्पतालको गतिविधीमा प्रभावकारी हुने विस्वास व्यक्त गर्नु भयो ।

यसका साथै डा. गौतमले कामको लेखाजोखा गर्न सहज हुने,कागजी प्रक्रियाको झन्झट पनि अन्त्य हुनेछ भने उपचारमा गुणस्तर कायम हुने बताउनु भयो

डेटा सुरक्षा र दीर्घकालिन अभिलेख हुने र सुशासन कायम भई सेवा प्रभावकारीसहितको निति निर्माणमा सहयोग पुग्ने उनको भनाई छ ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राधिका सापकोटाले एक सय शैयाको अस्पताल सीमित भौतिक संरचनामा सञ्चालन गर्दा समस्या भइरहेको बताउँदै संरचना विस्तार गर्नको लागी विशेषज्ञ सेवा तथा थप उपकरण व्यवस्थापनको आवश्यकता रहेको जानकारी गराएकी हुन् ।

यसैगरी अस्पतालका निमित्त निर्देशक त्रिभुवन चन्द्र झाले ईएमआर प्रणालीमार्फत बिरामीको टिकटिङ, बिलिङ,डाक्टरको उपलब्धता तथा औषधिका विवरण छिटो र छरितो रुपमा प्राप्त गर्न सकिने बताउनु भयो ।

पछिल्लो समयमा सरकारी क्षेत्र,बैंक तथा तथा वित्तिय संस्थाहरु,गैरसरकारी संघ संस्थाहरुका अधिकाँश जस्तै निजी क्षेत्रले समेत आधुनिक प्रविधि प्रणाली मार्फत सेवा दिन थालिएको हुंदा अस्पतालले थालनी गरेको यस ईएमआर प्रणालीले धादिङ अस्पतालमा सेवा लिन आउने बिरामीको समय र खर्चमा कमी आउनुका साथै परीक्षणमा हुने दोहोरोपन अन्त्य हुने अपेक्षा गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस