आज: २०८३ बैशाख १७, बिहिबार | Thu, 30, Apr, 2026

यी चार प्रदेशमा चट्याङसहित आज पनि वर्षाको सम्भावना

२०८३ बैशाख १७, बिहिबार मा प्रकाशित ( २ घण्टा अघि) ४९७ पटक पढिएको
नारी बाटिका


बिबिय -नारी वाटिका संवाददाता

धादिङ -१७ वैशाख।

हाल देशभर पश्चिमी तथा स्थानीय वायुको प्रभाव छ भने पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम रहेको छ। यस्तै तल्लो वायुमण्डलको न्यून चापीय क्षेत्रको प्रभावले अहिले देशका धेरै जसो स्थानमा बादल लागेको छ।

अहिले बागमती र गण्डकी प्रदेशका धेरै स्थान र कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा पनि मेघगर्जन,चट्याङ र हावाहुरीसहितको मध्यम वर्षा भइरहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । साथै मधेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि वर्षा भइरहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका अधिकांश भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी र मधेश प्रदेश तथा देशको हिमाली र पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनेछ । हिमाली क्षेत्रमा भने हिमपातको सम्भावना छ।

त्यस्तै बिहिबार राति हिमाली क्षेत्रमा सामान्य बदली हुने तथा पहाडी र तराई भुभागमा आंशिक बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही र अन्य भुभागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना देखिएको महाशाखाले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस