आज: २०८३ बैशाख १७, बिहिबार | Thu, 30, Apr, 2026

राष्ट्रपति पौडेल सरकारको अध्यादेशबारे संविधानविद्सँग परामर्श

२०८३ बैशाख १७, बिहिबार मा प्रकाशित ( २ घण्टा अघि) १०५५ पटक पढिएको
नारी बाटिका


बिबियु -नारी वाटिका संवाददाता

धादिङ- १७ वैशाख ।

संसद् अधिवेशन स्थगित गरी सरकारले भटाभट अध्यादेश ल्याउन लागेपछी राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश भएका अध्यादेशको बारेमा संविधानविद्हरूसँग राष्ट्रपति पौडेलले परामर्श गर्न लाग्नु भएको छ ।

राष्ट्रपतिको सचिवालयका अनुसार आजै अपराह्नका लागि छलफल तथा परामर्श लिने कार्यक्रम तय भए पनि समय भने यकिन नभएको जनाएको छ । प्रधानमन्त्री बालेन शाहको नेतृत्वको मन्त्रीपरिषद्को बैठकले यसै वैशाख १४ र १५ गते विभिन्न कानुन संशोधनका लागी अध्यादेश जारी गर्न सिफारिस गरेपछि यसको चौतर्फी आलोचना भइरहेको छ।

सरकारले संसद् तथा नागरिकसंग समेत कुनै सुझाव नमागी अझ आफ्नै पार्टीमा भएको दुइ तिहाई वहुमतको सरकार हुंदा हुंदै पनि अध्यादेश ल्याउन लागिएको भन्दै यतिवेला सदनदेखी सडकसम्म यसको आलोजना भइरहेको छ ।

साथै विपक्षी दलहरूले पनि संसद् छलेर अध्यादेश ल्याउन खोजिएको आरोप लगाउँदै राष्ट्रपतिलाई कुनै पनि अध्यादेश जारी नगर्न आग्रह गरेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस