
नारी बाटिका
बिबिय- नारी वाटिका संवाददाता
धादिङ -१७ वैशाख।
नेपाल पत्रकार महासंघ धादिङ शाखाले प्रदेश सूचना पुनरावेदन समितिको अध्यक्षमा नियुक्त हुनु भएका त्रिकोण खबरका प्रधान सम्पादक तथा अधिवक्ता कृष्णराज अधिकारीलाई बधाई तथा सम्मान गरेको छ।
बागमती प्रदेश सरकार,आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्रगतको प्रदेश सूचना पुनरावेदन समितिमा नव नियुक्त प्रधान सम्पादक अििधकारीलाई महासंघले एक कार्यक्रमकाबिच वधाईका साथ सम्मान गरिएको हो ।
सम्मान ग्रहण गर्दै अध्यक्ष अधिकारीले नागरिकको सूचनाको हकलाई व्यवहारमा सुनिश्चित गर्न आफु दत्तचित्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । अध्यक्ष अधिकारीले हाल सूचना प्राप्ति प्रक्रियामा जटिल र कठिन अवस्था रहेकोले आगामी दिनमा यसलाई सहज र प्रभावकारी बनाउन पर्ने बताउनु भयो ।
‘कतिपय संवेदनशील सूचना सार्वजनिक गर्न नमिल्ने भए पनि सार्वजनिक सरोकारका सूचना नागरिकले चाहेको अस्थामा सहजै पाउनु उनीहरूको अधिकार हो,’ उहाँले भन्नु भयो( ‘निवेदन दिँदा पनि सूचना नपाउने जस्ता गतिविधीको अन्त्य गर्न पहल गर्नेछु ।’
कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारीले जिल्लामा सार्वजनिक निकायहरूले सूचना दिन आनाकानी गर्ने प्रवृत्ति रहेको धारणा राख्नु भयो । पत्रकारले माग गरेका सूचना समेत उपलब्ध नहुने जस्ता गतिविधीहरू बढिरहेकोले यस्ता विषयमा सरकारलाई निरन्तर खबरदारी गर्नु पर्ने बताउनु भयो ।
सरकारी,गेरसरकारी क्षेत्र तथा सार्वजनिक निकायले नागरिक तथा सम्वन्धित सरोकारवालाहरुले मागेका सूचना दिन र सरकारी निकायले नियमित रूपमा सुजना प्रकाशन तथा प्रसारण गर्नुपर्ने भए पनि त्यसको कार्यान्वयन नभएको बताउनु भयो ।
कार्यक्रममा धादिङका कृयाशिल सञ्चारकर्मीहरूले नवनियुक्त अध्यक्ष अधिकारीलाई शुभकामना दिँदै सूचना प्रणालीलाई अझ पारदर्शी र नागरिकमैत्री बनाउने दिशामा काम गर्न आग्रह गरेका थिए।








प्रतिक्रिया दिनुहोस