
नारी बाटिका
बिबिय- नारी वाटिका संवाददाता
धादिङ -१८ वैशाख। अध्यादेश
सरकारले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन संशोधन गर्न थप अध्यादेश राष्ट्रपति कार्यालय पेश गरेको छ ।
हालको सम्पत्ति शुद्धीकरण निवारण सम्वन्धि ऐन २०६४ लाई संशोधन गर्न आवश्यक रहेकोले सो ऐनलाई पनि अध्यादेशको जारी गरी कार्यन्वयनमा ल्याउन सरकारले सुक्रबार राष्ट्रपति कार्यालयमा सिफारिस गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको बैठकबाट निर्णय गरी सरकारले एकै पटक ८ वटा अध्यादेशहरु राष्ट्रपति कार्यालय पठाइएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष स्वीकृतिका लागी सरकारले पेश गरेको आठ वटा अध्यादेश मध्ये राष्ट्रपति पौडेलले अहिलेसम्म सहकारी र सार्वजनिक खरिद सम्बन्धि अध्यादेश मात्रै जारी गर्न स्वीकृति दिनु भएको छ ।
बाँकी ६ वटा अध्यादेशमा भने राष्ट्रपति पौडेलले संविधान विद्हरुसंग परापर्श गर्दै थप अध्ययनाका लागी होल्ड गरिएको हो ।








प्रतिक्रिया दिनुहोस