
नारी बाटिका
बबियु नारी बाटिका संवाददाता
धादिङ -२८ वैशाख ।
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ। सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै संयुक्त बैठकलाई भोलि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
राष्ट्रपतिले अपराह्न ४ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने संसद् सचिवालयका प्रवक्ता एकराम गिरिले बताए।। प्रतिनिधिसभाको निर्वाचन भएपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कानुनी प्रावधान छ।
राष्ट्रपति पौडेलबाट प्रस्तुत हुने उत्त संयुक्त बैठकमा १५ मिनेट अगावै उपस्थित हुन प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्यलाई संसद् सचिवालयले पत्राचार गरेको छ। त्यसअघि अपराह्न २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक हुने कार्यसुची छ।
संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्रबारे जानकारी दिने, मन्त्रिपरिषद्को हेरफेरसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे सदनलाई अवगत गराउने कार्यक्रम रहेको छ।
त्यस्तै सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन, प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २६० बमोजिम जारी भएको बाधा अड्काउ फुकाउ अनुमोदनका लागि पेस हुने कार्यसुची छ । सरकारबाट जारी भएका आठ अध्यादेश पेस गर्ने संसद सचिवालयले जनाएको छ।
राष्ट्रियसभाको बैठकमा पनि सरकारले हालै ल्याएको आठ वटा अध्यादेशहरु पेस हुने भएका छन्।








प्रतिक्रिया दिनुहोस