आज: २०८३ बैशाख २९, मंगलबार | Tue, 12, May, 2026

राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा अवरुद्ध

२०८३ बैशाख २९, मंगलबार मा प्रकाशित ( २ घण्टा अघि) १२१० पटक पढिएको
नारी बाटिका


बिबियु-नारी वाटिका संवाददाता
धादिङ -२९ वैशाख ।

धादिङ जिल्लाको जिल्ला प्रशासन कार्यालयबाट प्रभाह हुने राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा अवरुद्ध भएको छ ।

आज मंगलबार अनलाईन सेवामा केही समस्या आएकोले राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा आंशिक रुपमा अवरुद्ध हुन गएको जिल्ला प्रशासन कार्यालय धादिङले एक सुचना जारी गर्दै जानकारी दिएको हो ।

सुचना मार्फत प्रशासन कार्यालय धादिङले भनेको छ ‘उल्लेखित सेवा प्रभाहमा अवरुद्ध भई सर्वसाधारणमा पुग्‍न गएको असुविधाप्रति कार्यालय क्षमाप्रार्थी छ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस