आज: २०८३ बैशाख ३१, बिहिबार | Thu, 14, May, 2026

दुबै दाजुभाइको एकै पटक हत्या गरी खोलामा लुकाइएको अवस्थामा फेला

२०८३ बैशाख ३१, बिहिबार मा प्रकाशित ( २ घण्टा अघि) १०५५ पटक पढिएको
नारी बाटिका


तस्बीर स्रोत: सामाजिक संन्जाल

नारी बाटिका संवाददाता
धादिङ – ३१ वैशाख ।

नुवाकोटको म्यागङ गाउँपालिका–४ किम्ताङ भन्ने स्थानमा दुबै दाजुभाइको एकै पटक हत्या गरी खोलामा लुकाइएको अवस्थामा फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार किम्ताङबेँसी घर भएका ४३ वर्षीय सोमनाथ तामाङ र उनका ३६ वर्षीय भाइ सूर्यमान तामाङको हत्या भएको हो ।

प्रहरीका अनुसार एक व्यक्तिले राति फोन गरी आफूले उनीहरुको हत्या गरेको दाबी गर्दै घटना भएको स्थानसमेत बताएपछि प्रहरीले खोजी गर्दा शव फेला परेको थियो।

प्रारम्भिक अनुसन्धानमा आर्थिक लेनदेनको विवादका कारण घटना भएको हुन सक्ने अनुमान छ, तर अनुसन्धान जारी रहेकोले तथ्य खुलेको छैन।

प्रहरीलाई फोन गरेर घटना बारे बताउने व्यक्तिले नै आफुले गोली हानेर उनीहरुको हत्या गरेको दाबी गरे पनि घटनास्थलबाट प्रहरीले एक थान खुकुरी समेत बरामद गरेको जनाएको छ। हाल फरार रहेका ती व्यक्तिको प्रहरीले खोजी गरी रहेको छ।

मृतकका परिवारका अनुसार दाजुभाइ कुलो निर्माणको काममा घरबाट निस्किएका र त्यसपछि उनीहरु दुबैजना सम्पर्कविहीन भएको बताइएको छ । मृतकका शव पोस्टमार्टमका लागि त्रिशूली अस्पताल लगिएको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस