
नारी बाटिका
काठमाडौं, ५ —जेठ ।
जेनजी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य कृष्णकुमार कार्की (मोरङ–२० लाई भदौ २४, २०८२ मा सिंहदरबार तथा संसद् भवनमा भएको आगजनी र तोडफोड घटनामा प्रत्यक्ष संलग्न भएको आरोप लगाउँदै तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेको छ।
मुभमेन्टका प्रवक्ता विजय शाह द्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ कि विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक भिडियो तथा तस्बिरहरूमा सांसद कार्की स्वयं संसद् भवन परिसरमा आगजनीमा संलग्न भएको देखिएको जेनजी समुहको आरोप छ।
उनले उक्त घटनासम्बन्धी सामग्री सामाजिक सञ्जालमा सार्वजनिक गरेको र संलग्नताको संकेत दिएका थिए। विज्ञप्तिमा भनिएको छ, “राज्यको प्रमुख प्रशासनिक तथा संसदीय संरचनामाथि गरिएको यस्तो हमला सामान्य राजनीतिक गतिविधि नभई गम्भीर फौजदारी अपराध हो।” विज्ञेप्तिमा भनिएको छ ।
सांसद कार्कीमाथि हालै एक नाइजेरियन युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोप पनि सार्वजनिक भएको छ। साथै संसद् बैठकमा सभामुखले पटक–पटक नाम बोलाउँदा पनि उनी अनुपस्थित रहेको विषयले उनको जिम्मेवारी र आचरणमाथि थप प्रश्न उठाएको हो।
सुधन गुरुङ प्रकरणमा प्रश्न
विज्ञप्तिमा थप भनिएको छ । “साथै सुधन गुरुङलाई अहिलेसम्म पक्राउ नगरी, छानबिन नगरी सरकार के हेरेर बसेको छ? छानबिन गर्न प्रहरी छ, सरकारी वकिल कार्यालय छ, राजस्व अनुसन्धान विभाग छ ? अख्तियार दुरुपयोग अनुसन्धान आयोग छ। किन छुट्टै समिति चाहियो ?”
जेनजी मुभमेन्ट नेपालले निम्न मागहरू गरेको छ
१. गृह मन्त्रालय र नेपाल प्रहरीले सांसद कृष्णकुमार कार्कीलाई तत्काल पक्राउ गरी आगजनी, तोडफोड तथा सार्वजनिक सम्पत्तिमाथि क्षति पुर्याएको अभियोगमा कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाओस्।
२. राजनीतिक संरक्षण र दोषी उन्मुक्तिको संस्कृतिको अन्त्य गर्दै कानुनी राज्यको प्रत्याभूति गरियोस्।
३. नाइजेरियन युवतीसँग सम्बन्धित आरोपको निष्पक्ष अनुसन्धान गरी पीडितलाई न्याय सुनिश्चित गरियोस्।
मुभमेन्टले निष्पक्ष अनुसन्धान, कानुनी शासन र दोषीमाथि अविलम्ब कारबाहीको माग गर्दै शान्तिपूर्ण तर प्रमाणमा आधारित छानबिनको पक्षमा रहेको जनाएको छ।









प्रतिक्रिया दिनुहोस